site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सबाट नेपालले पायो २२३ रनको लक्ष्य, कमलको सानदार पुनरागमन 

काठमाडौं । कमलसिंह ऐरीको उत्कृष्ट पुनरागमन गरेको खेलमा आयरल्यान्ड वुल्भ्सबाट नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

आयरल्यान्ड वुल्भ्सका पेठर मुरले ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका मुरले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । २–१ को कठिन अवस्थाबाट मुरले दोस्रो विकेटका लागि केड कार्माइकलसँग ८८ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ उकासेका हुन् । 

कार्माइकलले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाए । कपन नेइल रकले २३ बलमा एक चौका र तीन छक्कासहित ३८ रन नै थपे । स्टेफन डोहेनीले ३४, ग्यारेथ डेलानीले ३० रन बनाउन गाभिन होइले १८ रन जोडे । 

नेपालका कमलसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका कमलले ३९ रन खर्चिए । चोटका कारण दुई वर्षपछि टिममा पुनरागमन गरेका कमलले इनिङको दोस्रो बलमै विकेट लिएका थिए । 

यस्तै, उनले वुल्भ्सका स्टेफन डोहेनीलाई १४.४ ओभरमा र १८.१ ओभरमा नेइल रकलाई पभेलिएको दिशा देखाएका थिए । कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन)मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभरमा नै बलिङ गर्ने अवसर पाएका थिए । 

यसबाहेक, सागर ढकाल र आरिफ सेखले समान एक विकेट लिए । वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । 

तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro