देश
काठमाडौं । ललितपुर प्रहरीले जुवा खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ ।
ललितपुरको नख्खुस्थित इमान रुम्बाले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले जुवा तास खेलिरहेका धादिङको नीलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्रबहादुर आले मगरसहित १० जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले दुई लाख ६ हजार रुपैयाँसहित दुई बुक तास बरामद गरिएको छ ।
उनीहरूमाथि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जुवा खेल्न खेलाउन नहुने सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १६:२२
प्रतिक्रिया दिनुहोस्