site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम र बझाङमा हुने उपनिर्वाचनमा उमेदवारी दिने माओवादीको निर्णय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उमेदवारी दिने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनमा उमेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा पार्टीका तर्फबाट उमेदवारी दिने निर्णय भएको र व्यक्तिको नाममा बारेमा छलफल हुन बाँकी रहेको बताए ।

यस्तै, प्रदेश सरकारको विषयमा छलफल भए पनि सत्तागठबन्धनमा आबद्ध दलहरूका बीचमा आवश्यक परामर्शपछि निर्णय हुने उनले बताए । पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement