देश

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की केन्द्रीय सदस्य राजमती बम (रक्षा) पक्राउ परेकी छन् ।
चोरी मुद्दामा उनी बुधबार पक्राउ परेकी हुन् । उनकै साथी रस्मीला धामीले रक्षामाथि मोबाइल चोरी गरेको आरोपमा उजुरी गरेपछि पक्राउ परेकी हुन् ।
काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले उनी पक्राउ परेको जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १४:३१
प्रतिक्रिया दिनुहोस्