site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भिजिट भिसाको गिरोहलाई राजनीतिक संरक्षण छ : गृहसचिव अर्याल 
Dabur Nepal
NIC Asia

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले भिजिट भिसामार्फत अनाधिकृत रूपमा विदेश पठाउने गिरोह राजनीतिक संरक्षणमा रहेको बताएका छन् । 

सचिव अर्यालले बुधबार राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा भिजिट भिसाको गिरोहका संरक्षक राजनीतिज्ञको नाम पनि बताउन सक्ने बताए । “भिजिट भिसामा राजनीतिक व्याक सपोर्ट छ । क–कसको छ त्यो म पछि भनौँला, व्यक्तिगत पनि भनौँला,” अर्यालले भने, “यहाँबाट कोलम्बो लैजाने, दिल्ली लैजाने, दुबई पठाउने र त्यहाँबाट तेस्रो मुलुक पठाउने काम भइरहेको छ ।” 

उनले मानव तस्करको सञ्जाल तोड्ने हो भने नियन्त्रणको निकाय दुबई खोल्नुपर्ने बताए । “दुबईमा यस्ता गतिविधि रोक्ने संयन्त्र राख्नका लागि आवश्यक पहल होस्,” सचिव अर्यालले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro