site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरू हाबी हुन थालेको बताएका छन् । मंगलबार नवीन्द्रराज जोशीको पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा उनले छट्टुहरू नचाहिएको बताए । 

“हामीलाई यो बेलामा इमान्दार, योग्य र आफूले प्रयत्न गर्ने मानिसहरू चाहिएको छ । राजनीतिमा विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले,” थापाले भने, “छट्टुहरू आउँछ, लटरपटर पार्छ, यसो रंगरोगन गर्छ जान्छ । हामीलाई छट्टुहरू चाहिएको होइन ।” 

थापाले गति र मति दुवै भएको मानिस चाहिएको बताए । पार्टीभित्र भएको फोहोर सफा गर्नुपर्ने औंल्याए । “घरभित्र फोहोर छ । फोहोरलाई कार्पेटमुनि राखेर हुँदैन । सफा गर्र्नैपर्छ,” उनले भने । 

उनले छिटै परिवर्तन होस् भन्ने चाहनेहरूलाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने टिप्पणी गरे । चेतनाको राजनीति लय पक्रिएर समाज बदल्नुपर्ने उनले बताए । उनले नवीन्द्रराज जोशीको आवश्यकता महशुस भइरहेको बताए । जोशीको रिक्तता पूरा गर्न बदल्नुपर्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । 

थापाले जोशी उद्योगमन्त्री हुँदा र आफू स्वास्थ्यमन्त्री भएको र स्वस्थ प्रतिस्पर्धा भएको स्मरण गरे । “उहाँमा काम गर्ने हुटहुटी थियो । उहाँ र मबीच स्वस्थ प्रतिस्पर्धा पनि थियो । उद्योग मन्त्रालयले गरेको काममा विमति पनि थियो,” थापाले स्मरण गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro