site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बैंग्लोरको पहिलो जित, पञ्जाबविरुद्ध ४ विकेटले विजयी

काठमाडौं । दिनेश कार्तिकले उत्कृष्ट ‘फिनिसिङ’ गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई चार विकेटले हरायो । जारी संस्करणमा दोस्रो खेल खेलेको बैंग्लोरको यो पहिलो जित हो ।

सोमबार राति एम चिन्नास्वामी रंगशालामा पञ्जाब किंग्ले प्रस्तुत गरेको १७७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

बैंग्लोरको जितमा आक्रामक ब्याटिङ गरेका कार्तिकले १० बलमा तीन चौका र दुई छक्कासहित २८ रन बनाए । बैंग्लोरलाई जितका निम्ति अन्तिम ओभरमा १० रन आवश्यक थियो । कार्तिकले पहिलो बलमा छक्का प्रहार गरेका थिए । दोस्रो बल वाइड हुँदा एक अतिरिक्त रन प्राप्त भएको थियो । कार्तिकले दोस्रो बलमा चौका प्रहार गर्दै बैंग्लोरको जित पक्का गरेका हुन् ।

बैंग्लोरका ओपनर विराट कोहलीले ४९ बलमा ११ चौका र दुई छक्कासहित ७७ रन बनाए । माहिपाल लोमरोलले १७ र रजत पटिदारले १८ रन थपे ।

पञ्जाबका कागिसो रविडा र हरप्रित ब्रारले सर्वाधिक समान दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पञ्जाबका कप्तान तथा ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । प्रभसिमरान सिंहले २५, जितेश शर्माले २७, साम करनले २३ र शशांक सिंहले २१ रन बनाए ।

बैंग्लोरका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान दुई विकेट लिए ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको बैंग्लोर तालिकको छैटौँ स्थानमा छ । बैंग्लोर पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ६ विकेटले पराजित भएको थियो ।

पञ्जाबको भने यो पहिलो हार हो । पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटललाई चार विकेटले हराएको थियो । दुई खेलबाट दुई अंक जोडेको पञ्जाब पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro