site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बच्चा हेर्ने कामका लागि भनेर ओमन पठाइयो, ३६ दिनसम्म यौनशोषण
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओमनमा पुर्‍याएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–५ का विष्णुबहादुर राना रहेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानबाट पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको खुलेको छ । पीडित महिलालाई साधारण लेखपढ गर्न मात्र आउँछ ।

उनलाई ओमनमा घरमा बच्चा हेर्ने काममा मासिक ८० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर अभियुक्त रानाले भिजिट भिसामा ओमन पठाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

रानाले ओमनमा आकर्षक तलब हुने र घरेलु काममा पठाइदिने प्रलोभन देखाएर पीडितलाई गएको भदौ २६ गते काठमाडौंबाट भिजिट भिसामा ओमनको मस्कट पुर्‍याएका थिए ।

ओमन पुगिसकेपछि रानाका साथीहरूले ती महिलालाई रिसिभ गरेर एजेन्ट अफिसमा लगेका थिए । त्यहाँ लगेर उनको मोबाइल र पासपोर्ट जफत गर्दै अन्य कागजातहरू च्यात्न लगाएको खुलेको छ । त्यहाँ नेपालसहित अन्य देशका महिलाहरूसमेत रहेको बुझिन आएको ब्युरोले जनाएको छ ।

Global Ime bank

पीडित महिलालाई ३६ दिनसम्म कोठामै बन्धक बनाएर यौनशोषणमा लगाएको, नमानेमा कुटपिट गर्ने गरेको, खाना र पानी नदिने तथा एसी चिसो र तातो बनाएर शारीरिक यातना समेत दिने गरेको खुल्न आएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले साढे दुई लाख रुपैयाँ मागेका थिए । त्यसपछि पीडितका श्रीमान्‌को पहलमा उनीहरूले मागेको रकम तिरिएको थियो ।

उनी गएको कार्तिक २ गते नेपाल फर्कन सफल भएकी थिइन् । यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

त्यसपछि उनले नेपाल आएर रानाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उजुरी हालेकी थिइन् । तर, अभियुक्त राना फरार थिए । खोजतलासका क्रममा गएको शुक्रबार ब्युरोबाट खटिएको टोलीले उनलाई बालाजुस्थित यरीयाबाट पक्राउ गरेको हो ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दिन पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय