site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले पाँच ओभरभित्र गुमायो तीन विकेट 

काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले पाँच ओभरको समाप्तिमा तीन विकेट गुमाएको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सले दिएको १२२ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो ओभरमा ओपनर आसिफ सेख र रोहितकुमार पौडेललाई गुमाएको हो । 

यस्तै, नेपालले पाँचौँ ओभरमा गुल्सन झालाई गुमाएको हो । आयरल्यान्ड वुल्भ्सका ग्यारेथ डेलानीले ३.२ ओभरमा आसिफलाई र ३.४ ओभरमा कप्तान रोहितलाई गुमाएको छ । गुल्सन ४.५ ओभरमा बेन ह्वाइटको ओभरमा आउट भए । 

जारी खेलको पाँच ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ३७ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro