site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मुम्बईविरुद्ध गुजरातको रोमाञ्चक जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ । आइतबार नरेन्द्र मोदी रंगशाला अहमदाबादमा गुजरातले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६२ रन मात्र जोड्न सक्यो ।

मुम्बईलाई जितका निम्ति अन्तिम ओभरमा १९ रन आवश्यक थियो । उमेश यादवले गरेको पहिलो र दोस्रो बलमा क्रमश, छक्का र चौका प्रहार गर्दै मुम्बईका कप्तान हार्दिक पन्ड्याले जितको सम्भावना कायम राखेका थिए । तर, तेस्रो बलमा उमेशले हार्दिकलाई राहुल तेवातियाबाट क्याच गराए । चौथो बलमा पनि उमेशले मुम्बईका पियुश चावलालाई राशिद खानबाट क्याच गराउँदै खेल गुजरातको पक्षमा ल्याएका थिए ।

मुम्बईलाई जितका लागि अन्तिम दुई बलमा नौ रन आवश्यक थियो । तर, मुम्बईले दुई रन मात्र जोडेपछि गुजरातले ६ रनको रोमाञ्चक जित निकालेको हो ।

Dabur Nepal
NIC Asia

मुम्बईका डेवाल्ड ब्रेविसले ४६ र कप्तान रोहित शर्माले ४३ रन जोडे पनि टिमको हार टार्न सकेनन् । १२.१ ओभरमा १०७–३ को सहज अवस्थामा रहे पनि मुम्बईले बाँकी ७.५ ओभरमा ६ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो । 

यस्तै, तिलक वर्माले २५, नमन धीरले २० रन जोड्दा टिम डाविड र कप्तान हार्दिक पन्ड्याले समान ११ रन बनाए ।

गुजरातका अज्मतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सेर जोन्सन र मोहित शर्माले समान दुई विकेट लिए । साई किशोरले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले ४५ रन जोडे । कप्तान शुभमन गिलले ३१, राहुल तेवातियाले २२, रिद्दिमान साहाले १९, अज्मतुल्लाह ओमरजाईले १७ र डाविड मिलरले १२ रन थपे ।

मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बुमराहले १४ रन मात्र खर्चिए । गेराल्ड कोएट्जीले दुई र पियुश चावलाले एक विकेट हात पारे ।

जितसँगै दुई अंक जोडेको गुजरात तालिकाको चौथो स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको मुम्बई सातौँ स्थानमा छ । मुम्बईले सन् २०१३ को संस्करणयता आईपीएलको पहिलो खेलमा जित निकाल्न सकेको छैन ।

प्रतियोगितामा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro