खेल

काठमाडौं । प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेबल टेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएको छ ।
अप्रिल १ देखि सुरु हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुनेछन् ।
प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ ।
प्रशिक्षणपछि खेलाडीहरु सिओ जोङ सिटी ओपन टेबलटेनिस प्रतियोगितामा सहभागी हुनेछन् ।
खेलाडीसँगै प्रशिक्षकका रूपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदै छन् । टोलीलाई ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० २३:०१
प्रतिक्रिया दिनुहोस्