site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको अनुसन्धानमा कमजोरी देखिएपछि गृहले बनायो अर्को समिति

काठमाडौं । ६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययनपछि गृह मन्त्रालयले छुट्टै छानबिन समिति बनाएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापारबाही गरेको प्रतिवेदन आयोगले दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपीलाई त्यहाँबाट हटाइएको थियो । 

Dabur Nepal
NIC Asia

उनीहरूमाथि थप कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सिफारिस गरेकै प्रतिवेदनलाई थप ‘भेरिफाई’ गर्न समिति बनाइएको हो ।

समितिमा प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयलकै अर्का उपसचिव रामबहादुर शाही सदस्य छन् । आयोगकै प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी सञ्जयसिंह थापा समेत तानिएका थिए । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले चैत १ मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro