site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस नेतालाई गृहमन्त्रीको प्रश्न– म कहिले कहाँ तपाईंका आरोपको जवाफ दिन आऊँ ?
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठाइएका प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् । प्रश्नका जवाफ दिन आफू जुनसुकै स्थानमा उपस्थित हुन तयार रहेको उनको भनाइ छ ।

उनले आफूमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले ठोस प्रमाण नहुँदा पनि आफूलाई सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै रोष प्रकट गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा लामिछाने पनि संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले संसद् बैठकमा निरन्तर प्रश्न उठाएका थिए । सदन अवरुद्ध समेत गरेका थिए ।

सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै कांग्रेस नेतालाई उनले चुनौतीसँगै खुला बहसका निम्ति प्रस्ताव समेत गरेका छन् । “बस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपहरूको जवाफ दिन आऊँ ?,” उनको प्रश्न छ ।

उनले स्तरहीन राजनीति नगर्न र ‘बालहठ’ छोड्न पनि आग्रह गरेका छन् । सशक्त प्रतिपक्ष बनेर जनताको मन जित्न उनको सुझाव छ ।

गृहमन्त्री लामिछानेको पोस्ट पढ्नोस्–

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro