site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आतंकवादी हमला हुन सक्ने मस्कोलाई पूर्वसूचना थियो
तस्बिर : रोयटर्स ।

मस्को । मार्च महिनाको सुरुमा रुसस्थित अमेरिकी दूतावासले अतिवादी समूहले मस्कोमा हुने कन्सर्ट समेत ठूला जमघटलाई लक्षित गर्ने योजना बनाइरहेको भन्ने समाचारको अनुगमन गरिरहेको जनाएको थियो ।

इस्लामी समूहद्वारा रुसका मस्को र अरू ठूला सहरहरू विगतमा पनि आक्रमणको निसाना बन्ने गरेका र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्यबिनाका घटना पनि भएका छन् ।

Argakhachi Cement Island Ad

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले भनेको छ,  “संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रुसी अधिकारीहरूलाई मस्कोमा ठूला सभाहरूलाई लक्षित गरी योजनाबद्ध आतंकवादी हमला हुन सक्ने सूचना दिएको थियो ।” 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङटनले यो जानकारी रुसी अधिकारीसँग साझा गरेको बताएका छन् ।

सन् २००२ मा चेचेन पृथकतावादी लडाकुले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए ।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो । सबै आक्रमणकारी बन्दुकधारीलाई आत्मसमर्पण गराउन सुरक्षा बल सफल भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्