site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईपीएल खेल्नुअघि विराट कोहली भन्छन्– चेन्नाईसँग खेल्नु सधैँ विशेष अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण आज (शुक्रबार)देखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज फाफ डू प्लेसिसको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर र रितुराज गाइकवाडको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताअघि बेंगलोरका पूर्वकप्तान विराट कोहलीले आईपीएलमा चेन्नाईसँग खेल्नु सधैँ विशेष अवसर हुने प्रतिक्रिया दिएका छन् ।

“चेन्नाईविरुद्ध खेल्नु पक्कै पनि सधैँ एक विशेष अवसर हुन्छ । एक ठूलो खेल । यसलाई दक्षिणी डर्बी पनि भनिन्छ,” कोहलीले भने, “भावुक चेन्नाई समर्थकमाझ खेल्न पाउनु राम्रो हो । र, खेलमा धेरै समयपछि महेन्द्रसिंह धोनीसँग भेट्न पाउँदा उत्साहित छु ।”

विराटको नाममा आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान छ । उनले विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज लिगमा २३७ खेल खेल्दा सात शतक र ५० अर्धशतकसहित सात हजार २६३ रन बनाएका छन् ।

आज साविक विजेता समेत रहेको चेन्नाई र बेंगलोर एमए चिदम्बरम रंगशालामा भिड्दै छन् । यो खेल नेपाली समयानुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro