site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धोनीले गाइकवाडलाई सुम्पिए चेन्नाई सुपर किंग्सको कप्तानी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) १७औँ संस्करणको पूर्वसन्ध्यामा चेन्नाई सुपर किंग्सले कप्तान परिवर्तन गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने तालिका रहेको चेन्नाईले बिहीबार एक विज्ञप्ति जारी गर्दै कप्तान परिवर्तन गरेको जनाएको हो । 

क्लबका अनुसार यसअघिका कप्तान महेन्द्रसिंह धोनीले रितुराज गाइकवाडलाई टिमको कप्तानी जिम्मेवारी सुम्पिएका छन् । “टाटा आईपीएल २०२४ अघि महेन्द्रसिंह धोनीले चेन्नाई सुपर किंग्सको कप्तानी रितुराज गाइकवाडलाई सुम्पिएका छन् । रितुराज गाइकवाड सन् २०१९ देखि चेन्नाईको अभिन्न अंग रहँदै आएका छन् र उनले क्लबबाट ५२ खेल खेलेका छन्,” चेन्नाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आईपीएलको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नाईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro