site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्न सक्ने आँट छ ?
SkywellSkywell

काठमाडौं । उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन् ।

सरकारद्वारा सञ्चालित उद्योगले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्नेमा पनि उनीहरूले जोड दिए । सांसदहरूले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्न सक्ने आँट र क्षमता छ ? भन्दै उद्योगमन्त्रीलाई प्रश्न गरे ।

उनीहरूले सरकारले सञ्चालन गरेका उद्योग आर्थिक रूपमा धराशायी हुनु चिन्ताको विषय रहेको बताए । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने र नाफामा लैजाने गरी उद्योग सञ्चालन गर्नुपर्ने उनीहरूले औँल्याए ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसका सांसद राजु थापाले उद्योगमन्त्री दामोदार भण्डारीलाई ‘उद्योग चलाउन सक्ने आँट छ ?’ भनी प्रश्न गरे । उद्योग चलाउँछु भन्ने इच्छाशक्ति हुन आवश्यक रहेको उनले बताए ।

पञ्चायतकालमा सुरु उद्योग प्रजातन्त्र आएपछि धराशायी भएको उनले उल्लेख गरे । सरकारी उद्योगलाई मन्त्रीको पार्टीका कार्यकर्ता भर्तीकेन्द्र बनाइँदा नाफामा जान नसकेको उनको भनाइ छ ।

नेकपा (एमाले)का सांसद हेमराज राईले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्ने वा निजी साझेदारीमा सञ्चालन गर्ने भन्ने विषयमा राजनीतिक प्रतिबद्धता आवश्यक रहेको औँल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकार आफैँले सञ्चालन गर्दा समेत जर्जर अवस्थामा उद्योग पुग्नुको वास्तविकता अध्ययन र समीक्षा गर्न आवश्यक रहेको बताए ।

कांग्रेस सांसद रमा कोइराला पौड्यालले निजी क्षेत्रले चलाएका उद्योग नाफामा जाने तर सरकारबाट सञ्चालित धराशायी हुनु चिन्ताको विषय भएको बताइन् । यस्ता उद्योगलाई कसरी नाफामा लैजाने भन्ने विषयमा सरकारले सोच्नुपर्नेमा उनले जोड दिइन् ।

एमाले सांसद लालप्रसाद सावाँ लिम्बूले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर राम्रो हुँदा पनि बजार व्यवस्थापन गर्न नसक्दा धराशायी बनेको बताए । उनले उद्योगलाई व्यवस्थित बनाउन सरकारले नयाँ रणनीति तय गर्नुपर्ने सुझाव दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu