site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
भारतमा फोन गर्दा लाग्ने शुल्क दोब्बरले बढ्यो

काठमाडौं । नेपालबाट भारतमा फोन गर्दा लाग्ने शुल्क दोब्बरले बढेको छ । भारतीय टेलिकम कम्पनीले ‘ट्यारिफ’ बढाएको भन्दै नेपालका टेलिकमले पनि शुल्क बढाएका हुन् ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले सस्तो शुल्कमा भारत कल गर्न मिल्ने एक्सेस कोड नै बन्द गरेको छ । टेलिकमको सीमकार्डबाट भारत फोन गर्न तीन वटा एक्सेस कोड १४२४, १४२५ र १४४५ प्रयोग गर्न मिल्थ्यो ।अहिले टेलिकमले भारत फोन गर्न मिल्ने १४२४ एक्सेस कोड बन्द गरिदिएको छ । हाल १४२५ र १४४५ एक्सेस कोड प्रयोग गरेर मात्रै भारत कल गर्न मिल्छ ।

१४२४ एक्सेस कोड प्रयोग गरी भारत फोन गर्दा प्रतिमिनेट दुई रुपैयाँ ९९ पैसा शुल्क काट्थ्यो । १४२५ र १४४५ प्रयोग गरी फोन गर्दा प्रतिमिनेट ६ रुपैयाँ काट्छ । भारतीय कम्पनीले नै ट्यारिफ बढाएपछि घाटा हुन थालेको भन्दै टेलिकमले सस्तो दरको एक्सेस कोड बन्द गरेको बताएको छ ।

यससँगै भारत फोन गर्दा उपभोक्ताले पहिला तिर्दै आएको भन्दा दोब्बर मूल्य तिर्नुपर्ने भएको हो । एनसेलले समेत भारत फोन गर्दा लाग्ने शुल्क बढाएको छ ।

के भन्छन् अधिकारी
उपभोक्ताबाट उठ्ने पैसाभन्दा बढी भारतीय पक्षलाई तिर्नुपर्ने पैसा बढी भएपछि हाललाई १४२४ एक्सेस कोड बन्द गरिएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए । “एक सेकन्ड कुरा गरे पनि भारतीय कम्पनीलाई एक मिनेटकै पैसा तिर्नुपर्ने भयो । टेलिकमलाई घाटा धेरै बढेपछि अस्थायीरूपमा यो बन्द गरिएको हो,” प्रवक्ता ढकालले भने । 

Global Ime bank

उनले १४२५ र १४४५ एक्सेस कोडबाट टेलिकमलाई नाफा नभएको तर घाटा हुनबाट भने जोगिएको बताए । नेपाल टेलिकमले १४२४ एक्सेस कोड बन्द गरेको जानकारी दिएको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलले १४२४ एक्सेस कोड बन्द गरेको जानकारी गराउँदै पत्र पठाएको बताए । एनसेलले समेत भारत फोन गर्दा लाग्ने शुल्क बढाउनका लागि प्राधिकरणको अनुमति माग गरेको छ । प्राधिकरणले यस विषयमा निर्णय भने गरिसकेको छैन ।

भारतीय दूरसञ्चार कम्पनीको ट्यारिफ विश्वकै न्यून भएको भन्दै बढाउने तयारी भइरहेको इन्डिया टाइम्सले उल्लेख गरेको छ । त्यसकै असरले भारतीय कम्पनीले ट्यारिफ बढाएपछि नेपालका टेलिकम पनि शुल्क बढाउन बाध्य हुने प्राधिकरणको भनाइ छ ।

लाखौँ नेपाली रोजगारीको सिलसिलामा भारतमा छन् । व्यापारिक र अन्य प्रायोजनका लागि पनि नेपाल भारतबीच हुने फोन कलको मात्रा बढी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu