site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम मन्त्रालयले भन्यो– कोरियाको ई–७ भिसाबारे बजारमा आएका हल्ला निराधार
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन् । मंगलबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सूचनामा मन्त्रालयको आधिकारिता नभएको स्पष्ट पारे ।

कोरियाले हालसम्म ईपीएस प्रणालीमार्फत नेपाली श्रमिक लैँजादै आएको छ । तर, यसअघि नै म्यानपावर व्यवसायीले ई–७ भिसामार्फत कोरिया पठाइदिने भन्दै रकम असुल गर्न थालेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा नै यस विषयमा निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दाहालले ई–७ भिसालाई पनि ईपीएसमा आबद्ध गराउन निर्देशन दिएका थिए । 

प्रधानमन्त्री दाहालको निर्देशनलाई कार्यान्वयन गर्न मन्त्रालयले एक कार्यदल नै निर्माण गरेको मन्त्री अर्यालको भनाइ छ ।

"कार्यदलले यस विषयमा अध्ययन गरी रहेको छ । कार्यदलको प्रतिवेदन पछि श्रमिकको हितमा हुने गरी निर्णय गरिनेछ," उनले भने । तर, बजारमा हल्ला भएजस्तै गरी मन्त्रालयले यसमा कुनै पनि निर्णय नगरेको उनले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro