site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सक्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै अब स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारीसाधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो ।

केही दिनअघिदेखि यो सेवा सञ्चालनमा आइसकेको छ । योसँगै यसमा जोडिएका विद्यालय तथा अभिभावकले बसको अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन् ।

डियरवाक स्कुल तथा क्याम्पसबाट यसको सुरुआत गरिएको कम्पनीले जनाएको छ । “हामीले पहिलो चरणमा डियरवाक स्कुल तथा क्याम्पसका बसबाट यो सेवाको सुरुआत गरेका छौँ,” हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतमले भनिन्, “अबको केही दिनभित्रै थप १० स्कुल तथा कलेजलाई यो सिस्टममा जोडिने तयारी हुँदै छ ।”

यो सिस्टममार्फत स्कुल, कलेजका अभिभावकले बस कहाँ आइपुग्यो भन्ने हाम्रो पात्रोको एपमै हेर्न सक्नेछन् । यसका निम्ति विद्यालय र कलेजहरू यो सिस्टममा जोडिनुपर्ने हुन्छ । त्यससँगै विद्यालयले अभिभावकलाई विद्यार्थी चढ्ने बसअनुसार ट्रयाक गर्न सकिने सुविधा उपलब्ध गराउँछ । 

यो सिस्टमको सहयोगमा विद्यालय र कलेजहरूले आफू मातहतका सम्पूर्ण बसहरू एकैपटक ट्रयाक गर्न सक्छन् । यसले अभिभावकलाई आफ्ना बालबालिका चढेको बस स्कुल पुग्यो/पुगेन, कति बेला पुग्यो, घर फर्कने बेला कहाँ आइपुग्यो अथवा आफ्नो अफिसमै बसेर बालबालिका घर पुगे/ भन्ने जानकारी लिने सुविधा दिन्छ । यसले विद्यालय र अभिभावक दुवै पक्षलाई सहजता प्रदान गर्ने विश्वास छ ।

कम्पनीका अनुसार, हाम्रो पात्रो एपबाटै प्रयोगकर्ताले जीपीएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । कम्पनीले जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कका विषयमा कुनै जानकारी गराएको छैन । इच्छुक स्कुल, कलेज र संघसंस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro