site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय साक्षरतालाई देशको कुना–कुनामा लैजाने योजना छ : गभर्नर अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्लोबल मनि विक’को अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् ।

सोमबार काठमाडौंको ‘ग्लोबल मनि विक’को अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले सो अभियान सुरुआती चरणबाटै सक्रिय रहेको बताए ।

Dabur Nepal
NIC Asia

अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिवद्धता जनाए । गभर्नर अधिकारीले भने, "वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ ।" कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरूले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए ।

पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिएको बताए । उनले भविष्यमा कमाएर मात्रै बचत गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro