काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सत्ताका निम्ति ‘पानीबिनाको माछा’जस्तो गरी नतड्पिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई स्वीकार गर्न पनि आग्रह गरे । कांग्रेस सांसदले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै गएको शुक्रबार संसद् बैठक अवरुद्ध गरेका थिए ।
“सत्ताका लागि पानीबिनाको माछाका झैँ नतड्पिन माननीज्यूहरूलाई हार्दिक गर्दछु,” उनले भने, “ माननीयमाथि भएको जनताको मत र विश्वासको कदर गरेर उहाँ (रवि लामिछाने)लाई गृहमन्त्री तथा उपप्रधानमन्त्रीको रूपमा स्वीकार्न आँट गरौँ ।”
उनले अरूलाई देखाउनुभन्दा पहिले आफूतिर हेर्न सुझाव दिए । “देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत् भलो भनेझैँ अरूलाई देखाउनुभन्दा पहिले आफूतर्फ फर्केका औँला हेर्न सुझाव दिन चाहन्छु,” उनले भने ।