site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसलाई रास्वपाको चुनौती– आधार देखाऊ, आफैँ राजीनामा दिन्छौँ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीसम्बन्धी केही प्रश्नहरू गृह मन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन चुनौती दिए । उनले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्ने कुरा राम्रो नरहेको पनि बताए । पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनको दाबी छ ।

KFC Island Ad
NIC Asia

उनले कुनै राजनीतिक दलका नेताहरूले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए ।

"हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्यूप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरूले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ । रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरूलाई थाहा छ । कम सेकम त्यति त हेर्नुपर्ला । हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहिँ कहाँ लागेको छ ? कसले लगाएको छ ? राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरूले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छौँ," उनले भने ।

Royal Enfield Island Ad

शुक्रबार गृहमन्त्री लामिछानेको राजीनामा माग्दै कांग्रसले संसद् अवरुद्ध गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro