site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा नयाँ सरकार बनाउन मार्गप्रशस्त गरिनुपर्छ : एमाले

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशले नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पदबाट राजीनामा दिए आफूहरूले सरकार गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले भने, “कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ, अब उहाँले राजीनामा दिनु नै उत्तम हो ।”

Argakhachi Cement Island Ad

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले राजीनामा नआए आफूहरू प्रक्रियामा जाने बताए । केन्द्रमा गठबन्धन फेरिएसँगै आफूहरूसँग प्रदेशमा ५८ सांसदको साथ रहेको उनले जिकिर गरे ।

“अब संसद् चल्दा सत्तापक्षमा २९ जना सांसद हो, हाम्रोतिर ५८ हुनुहुन्छ । के हो, सुहाउँदो देखिएला ?,” भण्डारीले भने, “सरकार गठबन्धनको बन्छ । अब केन्द्रबाट कसले नेतृत्व लिने भन्ने निर्णय भएपछि हामी अघि बढ्छौँ ।”

कोसी प्रदेशसभा विघटनको सम्भावना नदेखिएको, बरु यो सरकार ढल्ने उनको भनाइ छ ।

अब प्रदेश प्रमुखको स्वविवेकानुसार संविधानको धारा १६८ को उपधारा २ अथवा दुई दल ‘मर्ज’ भए उपधारा १ अनुरूप पनि सरकार गठन हुन सक्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्