site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, आफूविरुद्धका मुद्दामा चलखेल नगर्नू : रामहरि खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरुद्ध लागेका मुद्दामा चलखेल गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चरकर्मीसँगको कुराकानीका क्रममा उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरू पनि प्रमाण रहेको बताएको बताउँदै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए । उनले आफूविरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरूलाई जानकारी गराउनुपर्ने पनि बताए ।

"गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ । हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छौँ । उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन्, अरू पनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो । अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ । उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ । अरूको मुद्दामा पनि गलतलाई कारबाही गर्नुपर्छ र निर्दोषलाई फसाउने काम गर्नु हुँदैन । उहाँका बारेमा उठेका इस्यूहरूमा उहाँ आफैँले सम्बोधन गरिदिए राम्रो हुन्छ," खतिवडाले भने ।

उनले सुन तस्करीसम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरूलाई उपब्ध गराउनुपर्ने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्