site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहमतिबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडि बढ्न सक्दैन : जनार्दन शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्र अघि बढ्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयकमाथिको छलफलका क्रममा उनले सहमतिको प्रक्रियाबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडि बढ्न नसक्ने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“देश बनाउन सक्छौँ, हामी गर्न सक्छौँ, सम्भव छ । सहमतिको प्रक्रियाबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडि बढ्न सक्दैन्,” शर्माले भने ।

एक–अर्कामाथि दोषारोपण गर्ने परम्पराबाट राष्ट्र बन्न नसक्ने उनको भनाइ छ । “एकले गरेको राम्रो काम अर्काेले विरोध गर्ने, एकले ल्याएको नीतिको अर्काेले काट्ने, एकले ल्याएको बजेट अर्काे काट्ने जो परम्परा छ, यस गलत परम्पराबाट देश अघि बढ्न सक्दैन । हामीले राष्ट्रिय सहमतिको आधारमा अगाडि जाने संकल्प गर्‍यौँ भने हाम्रो देश किन बन्न सक्दैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro