site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरियो : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसले ‘किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दा अहिले उठाएको विषय कहाँ थियो ?’ भनी प्रश्न गरेका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले अहिले कांग्रेसका सांसदले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि विभिन्न प्रश्न खडा गरेको उल्लेख गरे । तर, ‘प्रधानमन्त्रीको अफर गर्दा कांग्रेसले अहिले उठाएको विषय कहाँ थियो ?’ भनी उनले प्रश्न गरेका हुन् ।

उनले राजनीतिको आफ्नै मूल्य–मान्यता हुने बताए । आफ्नो पक्षमा रहँदा राम्रो र नहुँदा नराम्रो देख्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

पराजुलीले कांग्रेसले तत्कालीन अवस्थामा रास्वपालाई प्रधानमन्त्रीको अफर देश र जनताको हितमा गरेको थियो वा अर्को समीकरणलाई ढाल्नका लागि मात्रै गरिएको थियो भन्ने विषय जिम्मेवार राजनीतिक दलले बुझ्नुपर्ने बताए । उनले अहिले कोही व्यक्तिलाई जबरजस्ती दोषी देखाउनेभन्दा पनि सहकारीका ऋणीलाई न्याय दिनु मुख्य विषय भएको औँल्याए । उनीहरूलाई न्याय दिलाएरै छाड्ने सांसद पराजुलीको भनाइ छ ।

उनले सहकारीबारे लामिछानेमाथि उठाइएका विषयमा निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले हस्तक्षेप नगर्ने जिकिर गरे । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro