site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विगतको गठबन्धन अप्राकृतिक, अहिलेको गोत्र मिलेको छ : यादव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको बताएका छन् । उनले धेरै लामो समयसम्म उक्त गठबन्धनमा बसेको भए माओवादी क्षयीकरणको बाटोमा जाने खतरा समेत औंल्याए । 

बुधबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रममा उभिएर बोल्दै उनले अहिलेको गठबन्धनको गोत्र पनि मिलेको दाबी गरे । कांग्रेस यथास्थितिवादी पार्टी भएको र माओवादी अग्रगामी परिवर्तनकारी पार्टी भएको भन्दै उनले कांग्रेसका कारण माओवादीलाई नोक्सान भएको जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,” उनले भने । 

अहिलेको गठबन्धन संविधान संशोधन र देशमा भएका तमाम समस्या समाधान गर्न बनेको पनि उनले दाबी गरे । “गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ,” उनले भने । कांग्रेससँग माओवादी नमिलेको भए ५२ सिट जित्ने दाबी उनले गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement