site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोर्टोलाई हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । अन्तिम–१६ को दोस्रो लेगमा पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

यसअघि आर्सनल २०१० को सिजन एफसी पोर्टोलाई नै ५–० ले हराएर च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

मंगलबार सम्पन्न दोस्रो लेगमा आर्सनलले १–० को जित निकालेको थियो । तर पहिलो लेगमा आर्सनलले पोर्टोविरुद्ध १–० को हार बेहोरेका कारण नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको ४१औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए ।

पेनाल्टीमा आर्सनलका स्पेनिस गोलकिपर डेविड राया नायक बने । उनले पोर्टोका दुई खेलाडीको पेनाल्टी बचाउँदै टिमलाई क्वार्टरफाइनल पुर्‍याएका हुन् । पेनाल्टी सुटआउटमा आर्सनल पोर्टोलाई ४–२ ले निराश बनाउँदै अन्तिम–८ मा स्थान बनाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro