site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्रलाई लयमा फर्काएँ : डा. महत
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिथिलतामा रहेको अर्थतन्त्रलाई आफूले लयमा फर्काएको जिकिर गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयको जिम्मेवारी लिँदा अर्थतन्त्रका सबै सूचक शिथिल रहेको उल्लेख गरे । त्यसलाई लयमा ल्याउन आफू निरन्तर लागिपरेको उनले बताए । सोही कारण सबै सूचक अहिले लयमा फर्किएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक हेर्दा पनि त्यो पुष्टि हुने उनले बताए । आफूले मन्त्रालयमा सम्हाल्दा बैंकको ब्याजदर अत्यधिक रहेको उनले उल्लेख गरे । धेरै कसरत गरेर मौद्रिक नीतिलाई फितलो बनाएपछि अहिले बैंकको ब्याजदर घट्ने क्रममा रहेको डा. महतले बताए ।

बजेटरी सिस्टममा देखिएको समस्या समाधान गर्न आफूले सक्दो मिहिनेत गरेको उनले सुनाए । “भन्नको लागि मात्र सुशासन होइन, त्यो गर्नपर्छ भन्ने हिसाबले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले काम गरेका थियौँ,” उनले भने, “के त्यो गर्नु गलत हो ?”

मुलुकमा लगानीमैत्री वातावरण बनाउन कानुनदेखि नीतिगत सुधारका निम्ति आफूले काम गरेको उनले बताए । औसतभन्दा राम्रो काम नभएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रम मात्र सिर्जना गरेको उनको भनाइ छ ।

“हाम्रो साधन र स्रोतलाई जथाभावी खर्च गर्नु हुँदैन, त्यसो गर्दा फेरि समस्या निम्तिन्छ । हामीले सबै क्षेत्रमा देश र जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम गरेका थियौँ,” डा. महतले भने, “हाम्रो कारणले उपलब्धि भएन भन्ने हामी ठाडो अस्वीकार गर्छौँ । त्यो सबै कपोकल्पित आरोप मात्र हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro