site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेवाग्राहीसँग सात हजार घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित सब–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो । 

वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । 

नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro