site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छ : गभर्नर अधिकारी 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन् । मंगलबार काभ्रेमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्यांक र सूचना जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै उनले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए ।

“राष्ट्र बैंक र अर्थतन्त्रका सूचना र तथ्यांकहरू प्रशस्त छन् । तर, यसको  सही र सरल विश्लेषण हुनु जरुरी छ,” गभर्नर अधिकारीले भने, “संस्थाहरूमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका आर्थिक तथ्यांकहरू आर्थिक पत्रकारहरूले जनताले बुझ्ने ढंगले प्रस्तुत गरेर जनतासम्म पुर्‍याउन जरुरी छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro