
काठमाडौं । राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्कीले अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले दाहाललाई अध्यक्षमा निर्वाचित गर्न प्रस्ताव गरेका हुन् ।
उनले सत्ता गठबन्धनका साझा उमेदवार दाहालका पक्षमा मतदान गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई पनि आग्रह गरे । “नेपाली कांग्रेसका र अरु माननीय सांसदहरूलाई उहाँलाई मतदान गरिदिनुहुनु आग्रह गर्दछु,” उनले भने ।
सांसद सार्कीले नयाँ समीकरण अहिलेको आवश्यकताअनुसार भएको बताए । “देशमा भएका वामपन्थी शक्तिहरू, परिवर्तनकारी शक्तिहरूको बीचमा नयाँ ढंगको समीकरण हुँदै राजनीतिक स्थायित्वतर्फ देशलाई लाने, सुशासन कायम गर्ने, आर्थिक समृद्धि हुँदै समाजवादको दिशातर्फ जाने प्रतिबद्धता जाहेर गरेका छौँ । समीकरण गरेर अघि बढेका छौँ । परिस्थिति बदलियो,” उनले भने । उनले समीकरण बदलिनु उचित, जायय र समयको माग भएको दाबी समेत गरे ।