site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्च ब्वाइज झापा गोल्डकप च्याम्पियन

काठमाडौं । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० ले हराउँदै चर्च ब्वाइजले उपाधि चुमेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्डकपमा पहिलो सहभागितामै च्याम्पियन बन्यो । विजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेता एपीएफले सात लाख रुपैयाँमा चित्त बुझायो ।

चर्च ब्वाइजका निम्ति अवयामि फाकुन्लेले खेलको ११औँ र ६६औँ मिनेटमा गोल गरे । ८७औँ मिनेटमा राजेश परियारले गोल गर्दै चर्च ब्वाइजलाई सानदार जित दिलाए ।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको विभागिय टिम एपीएफले गोल गर्ने थुप्रै अवसर चुकाउँदा हार व्यहोर्नुपर्‍यो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro