site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी बैठकमा राष्ट्रियसभा अध्यक्षको उमेदवारका लागि तीन नाममा भएको थियो छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल उमेदवार बनाएको छ । आज बसेको पदाधिकारी बैठकले नारायण दाहाललाई उमेदवार बनाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए ।

पार्टी सचिव चक्रपाणी खनालका अनुसार उमेदवारका विषयमा तीन जनाको नामबारे छलफल भएको थियो ।

छलफलमा दाहालसँगै हालकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको नामबारे पनि चर्चा भएको थियो । उनले बैठकमा ६ वर्षे अवधि भएकालाई उमेदवार बनाएर जाने विषयमा केही नेताहरूले धारणा राखेको जानकारी दिए ।

“छलफल विभिन्न ढंगले गर्‍यौँ । अन्तिममा नाम टुंगिएको चाहिँ नारायण दाहालजीको छ ,” बैठकपछि सञ्चारकर्मीसँग खनालले भने, “केही साथीहरूको चाहिँ ६ वर्षलाई आधार बनाएर नीतिगतरूपमा छलफल गरौँ कि भन्ने कुरा थिए । तर, 'नोट अफ डिसेन्ट'को रूपमा त त्यसरी केही आएको छैन ।”

राष्ट्रियसभामा ६ वर्षे कार्यकाल भएका सुवेदीलाई उमेदवार बनाउनुपर्ने माग नेताहरूको थियो ।

तर,  पार्टीका स्थायी कमिटी सदस्य दाहाल उमेदवार चयन भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का भाइ नाता पर्ने व्यक्ति हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ ।

सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो । राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ । मंगलबार निर्वाचन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro