site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उमेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ ।

अरू दललाई पनि शर्माको पक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय भएको रमेश लेखकले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्