site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आईटी कम्पनी सञ्चालन गर्न सूचना प्रविधि विभागको स्वीकृति अनिवार्य गर्दै सरकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) सम्बन्धी उद्योग वा व्यवसायका लागि नयाँ नियम ल्याउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा आईटी कम्पनी सञ्चालनअघि अनिवार्यरूपमा सूचना प्रविधि विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आईटी उद्योगअन्तर्गत ईकमर्स, वेब, एप तथा सफ्टवेयर डेभलपमेन्ट, डिजिटल मिडियालगायत कम्पनी पर्न सक्ने देखिन्छ ।

कम्पनी दर्ता तथा खारेजपछि सोको जानकारी विभागलाई दिनुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ ।

Global Ime bank

आईटीसम्बन्धी उपकरण मन्त्रालयको मापदण्डका आधारमा मात्रै पैठारी तथा बिक्री वितरण गर्न पाउने विषयमा मस्यौदामा छ ।

आईटी उद्योगको प्रवर्धन, आउटसोर्सिङसम्बन्धी उद्योग व्यवसाय सञ्चालन गर्न सकिने, नेपालमै उत्पादित उत्पादनको प्रयोग बढाउनेसहितका व्यवस्था विधेयकको मस्यौदामा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement