site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले नयाँ सत्ता समीकरणलाई स्वभाविक रूपमा लिनुपर्छ : सांसद आलेमगर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) कासांसद सुरेश आलेमगरले नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई धोका दिएको नेपाली कांग्रेसका नेताहरूले प्रतिक्रिया दिइरहेका बेला माओवादी केन्द्रका सांसद आलेमगरले नयाँ सत्ता समीकरणलाई स्वभाविक र सामान्य प्रक्रियामा रूपमा लिन सुझाव दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले केही मान्छेहरूले नयाँ सत्तासमीकरणप्रति तितो ओकलेको भन्दै त्यसलाई स्वभाविक प्रक्रियाको रूपमा बुझनुपर्ने बताए । सांसद आलेमगरले कांग्रेसप्रति लक्षित गर्दै आफूसँग हुँदा इमानी र नहुँदा बेइमानी भन्न नमिल्ने तर्क समेत गरे । उनले सहयात्रा सधैँसँगै नहुने कुरालाई आत्मसात गर्न पनि कांग्रेस नेताहरूलाई आग्रह गरे ।

उनले भने, “नयाँ समीकरण, नयाँ गठबन्धन बनेको छ । यसलाई गठबन्धन भन्दा पनि नयाँ सहकार्य, नयाँ सहयात्रा भन्दा ठिक होला । यतिबेला यो सभामा पनि केही दृष्यहरू फेरिएका छन् । यी स्वभाविक प्रक्रिया हुन् । हुनत यो विषयलाई लिएर केही मान्छेहरूले तितोपिरो अभिव्यक्त गरेको पनि पाइयो । तर मलाई के लाग्दछ भने राजनीतिक एउटा निरन्तर चलिरहने कुरा हो । यो यात्रामा कतिपय यात्रीहरुसँगसँगै यात्रामा हुन्छन् । कतिपय बीचमै छोडेर जान्छन् । कतिपयलाई बीचैमा छोड्नुपर्ने हुन्छ । कतिपय बीचमा यात्रामा जोडिन्छन् । तर यो यात्रा निरन्तर जारी रहन्छ । किनकी गन्तव्य लक्ष्य एउटै छ । यसलाई स्वभाविक र समान्य लिनुपर्ने हुन्छ । 

Global Ime bank

सांसद आलेमगरले आजको सहयात्री राजनीतिक दलहरू भोलि नहुन पनि सक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय