site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक वर्षमा धेरै काम गरेँ, ममाथि कुनै दाग लागेन : सुदन किराती

काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनैपनि दाग नलागेको बताए ।

उनले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको पनि बताए । उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताए ।

Dabur Nepal
NIC Asia

उनले मन्त्रीको रूपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको जिकिर गरे ।

प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरूको आवश्यकता भएकाले आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनको भनाइ छ ।

पूर्वमन्त्री किरातीले सरकारले विश्वासको मत पाउने पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro