site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जीपीएसजडित क्यूआरटी टोली : अमेरिका र केरलाको तुलनामा कस्तो छ नेपाल प्रहरीको ‘रेस्पोन्स’ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमाथि लगाइने आरोपमध्येको एउटा हो, समयमै ‘रेस्पोन्स’ हुँदैन । घटना/दुर्घटना भएको जानकारी गराएको घण्टौँसम्म प्रहरी आइपुग्दैन ।

यस्तो आरोप दूरदराजभन्दा पनि संघीय राजधानीमै बढी लगाउने गरिन्छ । गुनासाबारे उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित ‘कन्ट्रोल रुम’मा गएको एक हप्तामा कुल दुई हजार ६५० फोन आएको थियो ।

प्रहरीको ‘हटलाइन’ १०० मा काठमाडौंको जुनसुकै ठाउँबाट फोन गर्दा सिधै रानीपोखरीको कन्ट्रोल रुममा पुग्ने गर्छ । त्यहाँ फागुन ११ देखि २२ गतेसम्म दुई हजार ६५० फोन आएको थियो । त्यसरी आएका फोनमध्ये सबैभन्दा बढी ‘रेस्पोन्स’ १० देखि १५ मिनेटको अन्तरमा गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका वृत्तहरूबाट खटिएका क्वीक रेस्पोन्स टिम (क्यूआरटी)मार्फत घटनाको रेस्पोन्स गरिएको काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

“एक हप्तामा आएका फोन कलमध्ये ८८२ कलहरूको रेस्पोन्स १०–१५ मिनेटमा भएका छन् । अझ त्यसलाई प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ,” एसएसपी खत्रीले बाह्रखरीसित भने ।

Global Ime bank

c3-1709807912.jpg
तीमध्ये १५० फोनकलको पाँच मिनेटभित्रै रेस्पोन्स गरिएको थियो । ६३७ फोनकलको १० मिनेट, ४८० को २० मिनेट र १५१ कलको रेस्पोन्स गर्न प्रहरीलाई २० मिनेटभन्दा बढी समय लागेको कन्ट्रोल रुमको रेकर्डले देखाउँछ ।

प्रहरीलाई एक हप्तामा आएका मध्ये ३५० कल भने ‘ब्लफकल’ भएको एसएसपी खत्रीले जानकारी दिए । एक हप्ताको रेकर्डले काठमाडौंमा भएका आकस्मिक घटना/दुर्घटनास्थलमा प्रहरी १५ मिनेटभित्र पुग्ने गरेको देखिन्छ ।

तुलनात्मक रूपमा सहरी क्षेत्र र यातायात पुगेका ठाउँमा प्रहरी खबर पाउनासाथ नै परिचालन हुँदै आएको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) दीपक थापाको भनाइ छ ।

“प्रहरीको रेस्पोन्स सन्तोषजनक छ । हामी थप पारदर्शी र प्रभावकारी बनाउँदै जानेछौँ । क्यूआरटीमा खटिएका प्रहरीबाट कहिलेकाहीँ हुने कमजोरी पनि रोक्ने हाम्रो प्रयास छ,” एआईजी थापाले भने ।

विश्वकै उत्कृष्ट मानिने भारतको केरला राज्यको प्रहरी र अमेरिकामा समेत हटलाइनमार्फत आउने कलहरूको ‘रेस्पोन्स’ १० मिनेटभित्र गर्ने गरिएको रेकर्ड त्यहाँका प्रहरीले सार्वजनिक गर्दै आएका छन् । मुख्य सहरमा अमेरिकी प्रहरी हटलाइनमा फोन आएको १० र केरलामा अधिकांश घटना नौ मिनेट चार सेकेन्डभित्र ‘रेस्पोन्स’ गर्ने गरिएको छ । त्यसको तुलनामा काठमाडौं प्रहरीको रेस्पोन्स पाँच मिनेटको मात्रै अन्तर छ ।

c2-1709807933.jpg
गोप्रो क्यामेरासहित क्यूआरटी
गएको बुधबारदेखि काठमाडौं प्रहरीले गोप्रो क्यामेरासहित क्यूआरटी टोली पठाउन थालेको छ । काठमाडौं प्रहरीले १५ मिनेटभित्रको ‘रेस्पोन्स’लाई अझ चाँडै गर्ने उद्देश्यले जीपीएस जडान मोटरसाइकलमा सानो हतियारसहितको टोलीलाई सो क्यामेरासहित परिचालन गरेको हो ।

त्यसका निम्ति काठमाडौं प्रहरी परिसर मातहत १४ प्रहरी वृत्तमा मोटरसाइकलसहितको टोली २४ सै घण्टा ‘अलर्ट’ अवस्थामा राखिएको छ । मोटरसाइकलमा खटिने क्यूआरटी टोलीको सम्बन्धित कार्यालयबाट भिडियोसहित निगरानी गरिनेछ । भिडियो निगरानी हुने भएकाले प्रहरी कर्मचारीको कमजोरीमा समेत सुधार हुने एआईजी थापाको विश्वास छ ।

कतिपय अवस्थामा क्यामेरा नहुँदा वास्तविकभन्दा फरक विषय धेरै आउने गरेको प्रहरीको गुनासो छ । प्रहरीले अनुसन्धान प्रभावकारी बनाउन उपत्यकाका अधिकांश संवेदनशील क्षेत्रमा सीसी क्यामेरा समेत जडान गरेको छ । सीसी क्यामेराको निगरानी प्रहरीले २४ सै घण्टा रानीपोखरीबाट गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement