site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

विराटनगर । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।

खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

Dabur Nepal
NIC Asia

जितसँगै झापा गोल्ड कपको चारपटकको विजेता आर्मी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । पहिलोपटक सहभागी भएको मछिन्द्र क्वार्टर फाइनलबाटै घर फर्किएको छ ।

पराजयसँगै मछिन्द्र यो सिजनमा उपाधि ह्याट्रिक गर्नबाट वञ्चित भएको छ । मछिन्द्रले लगातार केपी ओली कप र वाग्मती गोल्ड कपको उपाधि हात पारेको थियो ।

खेलको सातौँ मिनेटमा नवयुगले गोलरक्षकसँग वान टू वानको अवस्थामा गोल गर्न सकेनन् । उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । खेल अवधिभर मछिन्द्रले आर्मीमाथि दबाब कायम राखेको थियो । तर, समयमा स्कोर हुन नसक्दा आर्मीसँग पराजय बेहोर्नुप‍र्‍यो ।

खेलको सुरुवातमै मछिन्द्रले आर्मीमाथि दबाब दिन सुरु गरेको थियो । चौथो मिनेटमा मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर बाहिरियो । पाँचौँ मिनेटमा देवेन्द्र तामाङको हेडर बाहिरिँदा खेलमा अग्रसरता दिन मछिन्द्र असफल भयो । २२औँ मिनेटमा अभिषेक गुरुङको विमलले गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पन्च गरेर बचाएपछि खेललाई २–० को अग्रता दिलाउने अवसरबाट उनी वञ्चित भए । ८० औँ मिनेटमा गोलरक्षक अगाडि बढेको समयमा आयुष घलानले गरेको प्रहार पोस्टबाट बाहिरियो ।

खेलको प्लेयर अफ दी म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे ।

आर्मीका प्रशिक्षक मेघराज केसीले देशका महत्त्वपूर्ण गोल्ड कपको सूचीमा झापा गोल्ड कप भएकाले यो गोल्डकप गुमाउने चाहना आर्मीले नराखेकोले जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल हुन सकेको प्रतिक्रिया दिए । पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले नयाँ र पुरानो खेलाडीबीचमा तालमेल मिल्दा जित सम्भव भएको बताए ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि मिडफिल्ड र डिफेन्डरको सानो गल्तीका कारण खेलमा पराजय भएको बताए ।

दश टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । एक करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्ड कपमा झापा ११ एफसीले बिहीबार एन्फा मकवानपुरसँग अन्तिम क्वार्टर फाइनल खेल खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro