राजनीति
काठमाडौं । नेपाली कांग्रेससहितको गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भत्काएर नयाँ गठबन्धन बनाएपछि महामन्त्री गगनकुमार थापाले भिडियो सन्देश जारी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत जारी भएको उक्त भिडियोमा महामन्त्री थापाले कुनै अलमलमा नपर्न कार्यकर्ता र नेतृत्व पंक्तिमा आह्वान गरेका छन् । महामन्त्री थापाले प्रचण्डको नियतनै धोका दिने भएकाले आज नभए भोलि धोका दिन्थे भन्दै अलमलमा नपर्न आग्रह गरेका हुन् ।
“कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै, उनले भनेका छन् । उनले पाँच बुँदामा आफ्नो कुरा उल्लेख गरेका छन् ।
भिडियो
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १९:४५
प्रतिक्रिया दिनुहोस्