site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल पिकलबलको आयोजनामा खुला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । पिकलबल एसोसिएसन नेपालको आयोजनमा हुने ‘नेपाल खुला अन्तर्राष्ट्रिय प्रतियोगिता–२०२३’ फागुन अन्तिममा हुने भएको छ । पिकलबल एसोसियसनले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन २५ र २६ गते हुने जानकारी दिएको हो ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्डलगायत ८ देशका १२० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिता नेपाल टेनिस एसोसिएसनको कोर्टमा बिहान ८ बजे बाट साँझ ६ बजे सम्म हुनेछ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट मुख्य प्रायोजक रहेको प्रतियोतिगामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीन क्याटागोरीको प्रतिस्पर्धा हुनेछ । यी तीन क्याटागोरीभित्र १९ वर्षमाथि, ३५ वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि उमेर समूहका खेल हुनेछन् । 

प्रतियोगिताको पहिलो दिन शुक्रवार पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सका समूह चरणका खेलहरू हुनेछन् । यस्तै, दोस्रो दिन पुरुष एकल, महिला एकलतर्फ समूह चरणका खेलहरू हुनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement