site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्तो थियो एलिना र साउन्ड टेक्निसियनबीचको विवादको कारण 
फाइल तस्बिर ।

काठमाडौं । गायिका एलिना चौहान पुनः एकपटक विवादमा तानिएकी छन् । पर्वतमा आइतबार ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’अन्तर्गत स्टेज पफर्मेन्सका क्रममा प्राविधिकसँगको भनाभनका कारण उनी विवादमा परेकी हुन् ।

एलिनाले टेक्निसियनलाई साउन्ड मिलाउन आग्रह गरेकी थिइन् । जवाफमा साउन्ड टेक्निसियनले ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ भनेपछि उनीहरूबीच थप भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।

‘पहिला तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु’भो ! आफ्नो गल्ती छ, यहाँ आएर एकचोटि उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन, बुझ्नु’भो नि ! नाच्न जान्दैन आँगन टेडो भनेको यही हो । मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई ?,’ एलिनाले भनेकी छन् ।

जवाफमा टेक्निसियनले भनेका छन्, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौँ ।’

एलिना र टेक्निसियनबीच भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेको सुनिन्छ/देखिन्छ ।

पानी परिरहेकाले मनिटरबिना गाउन कठिन हुँदा आफूले साउन्ड मिलाउन आग्रह गरेको एलिनाले बताएकी छन् । “पानी परिरहेको थियो । पानी परेकाले साउन्ड सानो आइरहेको थियो । मेरो स्वर यसै पनि क्र्याक छ, त्यसपछि छाती फुट्लाजस्तो भइरहेको थियो । त्यसैले स्वर साउन्ड मिलाउन भनेँ,” एलिना बाह्रखरीसँग भन्छिन्, “मैले त्यसरी भन्नु हुने थिएन होला, तर मैले दर्शकलाई गाएर सुनाउनुपर्ने थियो । पानी परेकाले चिच्याएर गाउँदा घाँटी फुट्लाजस्तो भइसकेको थियो । त्यसैले मैले साउन्ड मिलाउन भनेको थिएँ ।”

पानी नपरेको भए यस्तो विवाद नहुने उनी बताउँछिन् । सुरुदेखि नै साउन्ड नमिलाएको उनको आरोप छ । “सुरुदेखि साउन्ड अप्स एन्ड डाउन भइरहेको थियो । तर, मैले दर्शकलाई म ठूलो स्वरमा भए पनि सुनिने गरी गाउँछु भनिरहेको थिएँ,” उनी अगाडि भन्छिन्, “तर, पानीको आवाज र दर्शकको क्राउडका कारण गाएकै सुनिन छोडेपछि मैले साउन्ड मिलाउन आग्रह गरेको थिएँ ।”

टेक्निसियनले आफ्नो साउन्ड अफ गरेको एलिनाको जिकिर छ । “साउन्ड टेक्निसियनले आफ्नो साउन्ड अफ गरेर मेरो मात्रै साउन्ड दिएर बोलेको भिडियोमा देख्नुभएकै छ,” उनले भनिन्, “विवाद भएपछि कार्यक्रम नै लथालिंग भयो । दर्शक साउन्ड टेक्निसियनमाथि आक्रमण गर्न जानुभयो । कार्यक्रम नै बिथोलियो ।” 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro