site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपीएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

एपीएफले सोमबार भएको क्वार्टरफाइनल खेलमा वाग्मती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदीप लामाले गोल गरे । वाग्मतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरे । 

Dabur Nepal
NIC Asia

एपीएफ 'ए' डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपीएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएकाले यसको निर्णय भएको छैन ।

एपीएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

सी डिभिजनको वाग्मती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको वाग्मतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।

खेलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट वाग्मतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पन्च गरेर बचाए ।

पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अवसर वाग्मतीले गुमाएको थियो । वाग्मतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ५४औँ मिनेटमा एपीएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपीएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुनिल श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापाजस्तो प्रतिष्ठित गोल्डकपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे ।

टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको उनले बताए । जर्सी अभावका कारण एपीएफले टेप टाँसेर खेल खेलाएको थियो ।

वाग्मती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपीएफलाई वाग्मतीले दबाबमा राखेको थियो ।

खेलको 'प्लेयर अफ द म्याच' एपीएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ 'प्लेयर अफ द म्याच' भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौ|बीच हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro