site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हाइटीमा रात्रिकालीन कर्फ्यु र संकटकालको घोषणा

पोर्ट–ओ–प्रिन्स । हाइटीको सरकारले राजधानी सहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार संकटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ । 

सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र आइतबारदेखि बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुने जनाएको छ । स्थानीय पत्रकारले जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको पाइएको बताएका छन् । 

Dabur Nepal
NIC Asia

जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको आरोपमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् । अमेरिकी देशमध्ये निकै विपन्न हाइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।

सुरक्षाका लागि घोषणा गरिएका भनिएका दुवै उपाय राजधानी पोर्ट–ओ–प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागु हुनेछ र आवश्यकताअनुसार थप हुँदै जानेछ  । हाललाई अर्को सूचना नआएसम्मका लागि यी सुरक्षा उपायहरू लागु भएको जनाइएको छ ।

पछिल्लो समय अपनाइएका हिंसा नियन्त्रणका उपायहरू हिंसाग्रस्त क्षेत्रमा ‘ पुनः सुव्यवस्था स्थापित गर्न र स्थितिलाई सामान्य बनाउन’ अवलम्बन गरिएको सरकारले जनाएको छ । आर्थिक मामिलामन्त्री प्याट्रिक मिचेल बोइसभर्टले देशको कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री एरियल हेनरी गत सातासंयुक्त राष्ट्रसंघको समर्थन प्राप्त कानून र व्यवस्था मिसनको नेतृत्व गर्न पूर्वी अफ्रिकी देशबाट प्रहरी खटाउने सम्झौतामा हस्ताक्षर गर्न केन्यामा रहेका समय उक्त हिंसा भड्किएको हो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro