site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परिवर्तन आवश्यक छ : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका निम्ति देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो फेरबदल भएको उल्लेख गरे । यथास्थितिको अन्त्य र अग्रगमनका निम्ति देशमा परिवर्तन आवश्यक भएको उनले बताए ।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले, आंशिक रूपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ । तर, जेसुकै परिवर्तन भए पनि हामी ‘मिसन–२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रूपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रूपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए ।

उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।

मजदुरले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै  कार्यान्वयनमा लाग्न उनले आग्रह गरे । उनले युवालाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गरे । रासस

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro