site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आधा घण्टामै ९८ अंकले बढ्यो नेप्से, दोस्रोपटक रोकियो कारोबार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ‘सर्किट ब्रेक’ लागेर दोस्रोपटक कारोबार रोकिएको छ । बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । 

११ बजेर २३ मिनेटमा पुनः सुरु भएको कारोबार ११ : २४ मै  ५.३ प्रतिशतले बढेपछि दोस्रोपटक ४० मिनेटका लागि कारोबार रोकिएको छ । 
 

Prabhu Bank
Agni Group
NIC Asia

2-1709532854.png

सोमबार कारोबार सुरू भएको आधा घण्टामा ५.०३  प्रतिशतले बढेको हो । बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा पुगेको छ । सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशत, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement