site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प : रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता

त्रिवेणी (रुकुमपश्चिम) । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार ८३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् । 

अस्थायी आवास निर्माण गर्न जिल्लाका ६ वटै पालिकाका ३० हजार ८३१ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । 

Dabur Nepal
NIC Asia

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार ७३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार ६६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । 

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार ८०४, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार ७४७, चौरजहारी नगरपालिकामा ६ हजार २६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार ६४१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

सहायक प्रजिअ बढुवालले ६ वटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रकम लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९६२ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा ७९ करोड ९० लाख ५० हजार पठाएको छ । 


जिल्लामा हालसम्म २८ हजार ३३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार ४४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिए । अब जिल्लामा पहिचान भएका एक हजार १३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro