site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई सातौँ सफलता,  प्रतिसले लिए तीन विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले सातौँ सफलता हात पारेको छ । १४ औँ ओभरको तेस्रो बलमा प्रतिस जिसीले विकेट लिएका हुन् । 

यसअघि नवौँ ओभरका अन्तिम दुई बलमा कुसल मल्लले विकेट लिएका थिए । आठौँ ओभरको पहिलो र पाँचौं बलमा प्रतिश जिसीले नै विकेट लिएका थिए । 

त्यसअघि, करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्